May 1, 2026 जुनसुकै क्षेत्रको विकासमा आर्थिक पक्षको महत्वपूर्ण भूमिका रहने भएकाले आर्थिक समृद्धिको आधार सशक्त वित्तीय प्रणालीलाई मानिन्छ। व्यक्तिहरूमा बचत गर्ने बानीको विकास गर्दै आवश्यकताका समयमा सहज तथा सुलभ रूपमा वित्तीय सेवा उपलब्ध गराउनु सहकारी संस्थाको प्रमुख उद्देश्य हो। यही उद्देश्यलाई आत्मसात गर्दै स्थानीय समुदायको आर्थिक, सामाजिक तथा व्यवसायिक उन्नयनमा टेवा पुर्याउने लक्ष्यसहित जनज्योति बचत तथा ऋण सहकारी संस्था लि. स्थापना भई हालसम्म सफलतापूर्वक वित्तीय कारोबार सञ्चालन गर्दै आइरहेको छ।यस संस्था हस्पुर नगरपालिकाअन्तर्गत रही स्थानीय सदस्यहरूलाई बचत, ऋण, रेमिट्यान्स, लगानी तथा अन्य सहकारी सेवाहरू उपलब्ध गराउँदै आएको छ। संस्थाले सहकारीको मूल्य, मान्यता तथा सिद्धान्तलाई आत्मसात गर्दै सदस्यहरूको आर्थिक सशक्तीकरणलाई केन्द्रमा राखी आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको छ।स्थापनाकालदेखि नै संस्था सदस्यमुखी सेवा, पारदर्शी व्यवस्थापन तथा उत्तरदायी वित्तीय अनुशासनका आधारमा अगाडि बढिरहेको छ। दक्ष तथा अनुभवी व्यवस्थापन टोलीको नेतृत्वमा संस्थाले सदस्यहरूलाई आधुनिक, विश्वसनीय तथा प्रभावकारी सेवा प्रदान गर्दै आएको छ। स्थानीय समुदायको आर्थिक विकास, स्वरोजगार प्रवर्द्धन तथा उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै क्षेत्रीय समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्यसहित संस्था निरन्तर क्रियाशील रहेको छ। Read More